सरकारले अर्थतन्त्रलाई सही दिशामा ल्याए पुग्छ : भुसाल
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले वर्तमान सरकारले संकटमा रहेको अर्थतन्त्रलाई सही दिशामा ल्याए पुग्ने बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भुसालले विगतमा प्रतिपक्षमा बसेर उठाएका मुद्दालाई सम्बोधन गर्न वर्तमान सरकारले गरे पुग्ने बताएका हुन् । उनले सरकारले अर्थतन्त्रलाई लयमा ल्याउने हो भने कृषि क्षेत्रलाई ध्यान दिन सुझाव दिए ।
भुसालले अहिले कृषि क्षेत्र नै सबैभन्दा प्रभावित रहेको बताए । मूल्य तोकेर किसानले उत्पादन गरेको धान सरकारले खरिद गर्नुपर्ने भन्दै भुसालले उखुको अहिलेसम्म सरकारले मूल्य तोक्न नसकेको र तत्काल उखुको मूल्य तोक्न माग गरे ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १६:४५
प्रतिक्रिया दिनुहोस्