सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)
काठमाडौं- सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने कार्यक्रममा समावेश गरिएको पौैडेलले बताए ।
उनले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।
उपप्रधानमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरूलाई बुझाएको थियो । आइतबार शीर्ष नेताहरूले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएका थिए ।
हेर्नुहोस, पूर्णपाठ