Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री निरिह भएर बस्ने परिकल्पना संविधानले गरेको छैनः प्रचण्ड

सोमबार, पुस २५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई निरिह भएर बस्न संविधानले नै नदिने बताएका छन् ।

 

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले साझा कार्यक्रममा सत्तामा सहभागी भएका राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा उल्लेख भएका विषयहरु समावेश गरिएको बताए ।

 

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री घेराबन्दीमा परेर काम गर्न नसक्ने पो हो कि भन्ने सन्देश बढेको भए पनि प्रधानमन्त्री निरिह भएर बस्न नसक्ने बताए ।

 

‘कतिपयले प्रधानमन्त्री घेराबन्दीमा परेर निरिह भएर प्रधानमन्त्रीले काम गर्नै नसक्ने अवस्था आउने हो कि भनेर शंका पनि व्यक्त गरेका छन्, हाम्रो संविधानले प्रधानमन्त्रीलाई निरिह भएर बस्न दिदैन, त्यस्तो अवस्था आयो भने प्रधानमन्त्रीले बेग्लै किसिमले सोच्ने अवस्था आउँछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्