Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ‘प्रचण्ड’ देउवालाई भेट्न धुम्बाराहीमा

विश्वासको मत दिन आग्रह
सोमबार, पुस २५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।

 

प्रधानमन्त्री ‘प्रचण्ड’ देउवासँग प्रतिनिधिसभामा विश्वासको मत दिनेबारे छलफल गर्न आजै साँझ धुम्बाराही पुगेका हुन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार ‘प्रचण्ड’ले देउवासँग विश्वासको मत दिन आग्रह गरेका छन् । 

सोमबार साँझ नै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । उनले संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा आफूलाई सिंगै संसदले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया दिएका थिए ।

 

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्