Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरियाले सन् २०२३ मा २९ हजार मौसमी कामदार भित्र्याउने

एउटा कम्पनीले ५ कामदार राख्न पाउने
सोमबार, पुस २५, २०७९

काठमाडौँ– दक्षिण कोरियाले सन् २०२३ को सात महिनामा देशभरका १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भएको छ ।

 

कोरियाको न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गरी सार्वजनिक गरेको निर्देशिकाले  २०२३ को मध्यावधिसम्म २६ हजार ७८८ जना  मौसमी कामदार भित्र्याउने भएको हो । 


यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या रहेको कोरियाका सञ्चारमाध्यमले जनाएको छ । यो संख्या २०२२ मा तोकिएको १२ हजार  ३३० जना भन्दा २.२ गुणा बढी भएको पनि बताइएको छ । 


कोरियाले छुट्याएको मौसमी कामदारको कोटा प्रायः सबै विदेशी कामदार हुने समेत जनाइएको छ । कोरियाले विदेशी श्रमिक मौसमी रोजगारीमा गत वर्षदेखि भित्र्याउन सुरु गरेको थियो । 


अहिले कोरियाका ११४ स्थानीय निकायमा १९ हजार ७१८ जना मौसमी कामदार आवश्यकता रहेको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ । अहिलेसम्म ९८ स्थानिय निकायमा ११ हजार ३४२ जना मौसमी कामदार रहेको कोरियाको मानव संशाधन विभागले जनाएको छ । 


सन् २०२३ को लागि मौसमी कामदारको उमेर हदलाई परिवर्तन गरिएको छ । यो भन्दा अगाडी ३० बर्षदेखि ५० बर्षकोले मात्रै आवेदन दिन पाउँथे भने, यस वर्षका २५ बर्षदेखि ५० बर्षसम्म कामदारले आवेदन दिन पाउनेछन ।  


सन् २०२२ मा ५ मुख्य स्थानमा व्यवस्थापनको जिम्मा दिईएकोमा यो बर्ष बढाएर ९ स्थानलाई जिम्मेवारी दिइनेछ भने एक कम्पनी अथवा फर्मले बढीमा ५ जनासम्म मैसमी कामदार राख्न मिल्नेछ । तर, ठुला कृषि फार्मले उत्पादनका आधारमा ९ जनासम्म कामदार लैजान पाउने छन् । 


दक्षिण कोरियाको ख्यङबोक क्षेत्रमा मौसमी कामदार परियोजना ४ क्षेत्रमा ब्यबस्थित तरिकाले  लागू गरिने भएको छ । कोरियाको सञ्चारमाध्यमका अनुुसार, कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालयद्वारा सार्वजनिक गरेको कार्यविधिमा मौसमी कामदारको प्रयोग र परियोजनाको छनौट गर्ने एक सार्वजनिक संयन्त्र ‘ख्यङ्बोक’ले गर्ने छ ।


यो सयन्त्रले ४ शहरलाई छनोट गरेको छ । राष्ट्रिय कृषि सहकारी महासंघ,उईसङ्गको सएसंग कृषि  सहकारी महासंघ, खोर्यङ्ग को दाम्साङ्ग कृषि सहकारी महासंघ  र बोङ्गह्वाको बोङ्गह्वा कृषि सहकारी महासंघ रहकेको जनाइएको छ । 


मौसमी कामदारको प्रयोग कृषि क्षेत्रमा मात्रै उपयोग गर्न मिल्नेछ । उत्पादनको चरम बिन्दुमा कामदारको अत्याधिक माग हुने र कृषि उत्पादनमा कामदारको अभाव सिर्जना हुने हुनाले यस प्रक्रियाले  धेरै हदसम्म  कामदारको अभाव हुन नदिने राष्ट्रिय समाचार संस्थान न्युसिसले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्