यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३८ पैसा र बिक्री दर १६० रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०५ पैसा र विक्रीदर ३० रूपैयाँ १९ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ९९ पैसा र बिक्री दर ३५ रूपैयाँ १५ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ ०६:१६
प्रतिक्रिया दिनुहोस्