सुन्तला भित्र लुकेका यस्ता फाइदा, मुटु रोगदेखि रुघाखोकीसम्म ठिक हुन्छ
काठमाडौँ – जाडो मौसममा धेरैले सुन्तलालाई मन पराउँछन् । जाडो मौसममा फल्ने यो फल धेरैका लागि गर्मीमा भएको भए हुने भन्ने पनि लाग्छ । तर, प्रकृतिले जाडोमा फलाउने भएका कारण सुन्तलाबाट जाडोसँग लड्न सक्ने थुप्रै पौष्टिक तत्त्व पाइन्छ ।
जाडोमा सुन्तला र बदाम खानुको मज्जा बेग्लै हुन्छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि लाभदायक हुन्छ । सुन्तलामा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । साथै यो सौन्दर्यका हिसाबमा पनि फाइदाजनक मानिन्छ । यस अलावा सुन्तला खानुका निम्न फाइदाहरू छन् ।
– सुन्तलामा हुने फाइबरले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
– दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगमा सुन्तला खादा लाभ मिल्छ ।
– श्वासप्रश्वासको समस्या, मधुमेह, टाइफाइड, डन्डिफोर, खटिरा, निमोनिया, पाइरियामा पनि सुन्तलाको सेवन लाभकारी हुन्छ ।
– सुन्तलामा पाइने क्यारोटेनोइड्स नामक तत्त्वले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।
– सुन्तलामा हुने पोटासिमय र इलेक्ट्रोलाइट मिनिरल मुटु रोगीका लागी राम्रो मानिन्छ ।
– यसमा पाइने पोलिफेनोल्स तत्त्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ ।
– कब्जियतको समस्या हुने मानिसले सुन्तला खाने गरेमा दिसा खलास हुने गर्दछ ।
– सुन्तला नियमित खाने मानिसलाई रक्सीको लत छाड्न मद्दत गर्छ ।