Nic Ad Nic Ad
Nic Ad Nic Ad

तपाईँ कसरी सुत्नु हुन्छ ? यि आसनमा सुत्नेलाई हुन्छ बढी यौन इच्छा ?

मंगलबार, पुस २६, २०७९

काठमाडाैँ –  मानिसको सुताइको आआफ्नै शैली र आसन हुने गर्दछ । मुख्यतः मानिस ६ प्रकारका आसनमा सुत्ने गर्दछ । जसमा फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस रहने गरेको छ । मानिसको सुताइको आसनले उसको स्वभाव समेत बताउने गर्दछ ।

– फिटस
गर्भावस्थाको शिशुको जस्तो दायाँ बायाँ कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने आसनलाई फिटस भनिन्छ । सुताइको यो आसन सबैभन्दा सामान्य आसन हो । यस्तो आसनमा सुत्नेहरूलाई आमाशय, कलेजो र फोक्सो लगायतमा समस्या हुनसक्छ ।

 

– लग
दायाँ अथवा बायाँ तर्फ कोल्टे परेर हातलाई टाउको तर्फ ल्याएर खुट्टा नखुम्च्याई सुत्ने आसनलाई लग आसन भनिन्छ । यो आसनमा सुत्नेहरु ढाड नमोडी सुत्छन् । जसका कारण कम्मर तथा ढाडको समस्या कम हुन्छ ।

 

– यार्नर
एउटा खुट्टा नखुम्च्याई एउटालाई मात्र मोडेर शरीर कोल्टे पारेर, हातलाई सिरानी तर्फ ल्याई सुत्ने आसनलाई यार्नर आसन भनिन्छ । यो आसनमा सुत्नेहरूमा एसिडिटी र निन्द्रामा निसास्सिने समस्या हुन सक्छ ।

 

– सोल्जर
हात शरीरसँगै राखी, सिधा उभिए झैँ उत्तानो परेर सुत्ने आसनलाई सोल्जर आसन भनिन्छ । यस्तो आसनमा सुत्नेहरू घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निन्द्रामा पर्न नसक्ने लगायतका समस्याबाट ग्रसित हुन्छन् ।

 

– फ्रिफल
घोप्टो परेर पेटको बलमा सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास टाउको दायाँ बायाँ राखेर सुत्ने आसनलाई फ्रिफल आसन भनिन्छ । यसरी सुत्नेमा उच्च यौन इच्छा र चञ्चलता रहने गर्दछ । यस आसनमा सुत्नेहरूलाई सास फेर्न गाह्राे हुने तथा घाँटीको समस्या हुन सक्छ । तर पनि यो आसनको सुताइलाई सामान्य मानिन्छ ।

 

– कर्भ
ढाड र पेटको भाग अर्थात् एकातर्फको हात थिचिने गरी सिरानीलाई तलमाथि पारेर दायाँ वा बायाँ तर्फ फर्केर सुत्ने आसनलाई स्टारफिस आसन भनिन्छ । यस आसनमा सुत्नेहरूमा घुर्ने, खराब सपना देख्ने तथा ऐँठन हुन सक्ने हुन्छ । तर यस आसनमा सुत्नेमा हत्तपत्त कुनै भित्री रोग भने देखा पर्दैन ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार