Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्युजिल्यान्डविरुद्ध पाकिस्तान ६ विकेटले विजयी

मंगलबार, पुस २६, २०७९

काठमाडौँ–पाकिस्तानले पाहुना टिम न्युजिल्यान्डलाई पहिलो एकदिवसीयमा ६ विकेटले पराजित गरेको छ । 


यो जितसँगै पाकिस्तान तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । 


कराँचीको नेशनल रंगशालामा सोमबार राति भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी छ्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।


घरेलु टोलीको जितमा कप्तान बाबर अजाम, मोहम्मद रिजवान र फकर जमानले अर्धशतक बनाए । रिजवान ८६ बलमा ६ चौका र एक छ्क्कासहित ७७ रनमा अविजित रहँदा बाबरले ८२ बलमा ६६ रन बनाए ।


यस्तै, ओपनर जमानले ७४ बलमा ५६ रन बनाए । यसबाहेक हरिस सोहिल ३२, आगा सलमानले १३ र इमाम उल हकले ११ रन बनाए । 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्