Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता

मंगलबार, पुस २६, २०७९

काठमाडौँ –लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।


लक्ष्मी बैङ्कका अध्यक्ष रमण नेपाल र सनराइज बैङ्कका अध्यक्ष मोतिलाल दुगडले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


कार्यक्रममा दुवै बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागिसंयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैङ्कका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैङ्कको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनेछन् ।


दुवै बैङ्कको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखा परीक्षकको नियुक्ति पनि गरिनेछ ।


नेपाल राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रूपमा मर्जर प्रक्रिया सुरु हुनेछ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्