सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौँ–सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । कारोबार २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।
बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।
कारोबारमा २५४ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा ङ्यादी ग्रुप र अपी पावर कम्पनी अग्रस्थानमा छन् । सेयरको मूल्य वृद्धिका आधारमा भने बाराही हाइड्रोपावर र सिंगटी हाइड्रोपावर अगाडि छन् । पछिल्लो समय निरन्तर बढेको बजार मंगलबार घटेको हो ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्