उपायमा ६ करोडको लगानी
काठमाडौँ–उपायले नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ । ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रचारित र प्रवर्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट इकुइटी फन्ड हो । उपाय २०१८ मा स्थापना भएको एक अग्रगामी लजिस्टिक्स कम्पनी हो ।
यसले यसअघि २०२१ मा डोल्मा ईम्प्याक्ट फन्डबाट १८ करोड रुपैयाको लगानी हासिल गरेको थियो । सो लगानी उपाय कम्पनीको विस्तारका साथै देशभर लजिस्टिक्स समाधानको स्थापना गर्न प्रयोग हुँदै आएको छ ।
सोहि अनरुप उपायले देश भर बजार एकीकरण, सञ्चालन र डलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको छ ।
उपायका प्रवन्ध निर्देशक समुन रायमाझीबाट प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्विमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहो¥याउन सफल हुनेमा विस्वस्त छन् ।