हिमालयन बैंकको सीआएम मेसिन सञ्चालनमा
काठमाडौँ–हिमालयन बैङ्क लिमिटेडले विभिन्न शाखाहरूमा क्यास रिसाइक्लर मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ ।
हाल बैङ्कले ७ वटा सीआरएम केन्द्रीय कार्यालय कमलादी, ठमेल, महाराजगन्ज, न्यूरोड, पाटन, भरतपुर र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दै छ ।
सीआरएमबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झन्झटबिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।
मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैङ्कको यस सुविधाले ग्राहकलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैङ्कको विश्वास छ ।
बैङ्कले कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६ हजारभन्दा बढी टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।