एनएमबि बैंकको साधारण सभा सम्पन्न
काठमाडौँ–एनएमबि बैङ्कको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्कको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको गरिएको छ ।
आर्थिक वर्ष २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड रुपैया, निक्षेप १८६ दशमलव ४० अर्ब र कर्जा १८२ दशबलव ०९ अर्ब रहेको छ ।
हाल देशभरि २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सनकाउन्टर मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्