Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरभित्र साइकल र ठेलागाडामा व्यापार गर्न नपाइने

मंगलबार, पुस २६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिका भित्र साइकल र ठेलागाडामा व्यापार गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको हो ।

 

महानगरले सार्वजनिक सुचना प्रकाशित गरी साइकल वा ठेलागाडामा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाइएको जानकारी दिएको छ । महानगरले जारी गरेको सुचनामा सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको भनिएको छ । 

 

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ,’ सुचनामा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्