Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजकुमार ह्यारीको पुस्तकमा सनसनीपूर्ण खुलासा– सौतिनी आमाको व्यवहारदेखि पहिलो यौन मुठभेडसम्म

विश्वलाई धेरै चकित पार्ने आरोप
मंगलबार, पुस २६, २०७९

लण्डन– बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । 


आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण  बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन्। 

 

मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवर्द्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाएका हुन् ।

 

बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उनकी पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ ।

 

अन्तर्वार्तामा ह्यारीले आफू र मेघनलाई सौतिनी आमाका कारण सञ्चारमाध्यमले सताएका तथा त्यसले आफ्ना दाजु विलियम र उनकी पत्नी केटसँग सम्बन्ध बिग्रिएको बताउँदै सञ्चारमाध्यमले नै आफूहरूलाई सधैँ एकअर्काका विरूद्ध उभ्याएको उल्लेख गरे। मेघन र केटबीचको सम्बन्ध पनि त्यस्तै बनाएको उनको आरोप छ । 

 

अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि शाही परिवारमा जन्मदै नजन्मेको आफ्नो सन्तान रङ्गभेदको शिकार भएको ह्यारीले बताए । पुस्तकामा उनले आफ्नी आमा डायनाको असामयिक निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । 

 

यसअघि ह्यारीले आफ्ना दाजु विलियमबाट आफूमाथि भौतिक आक्रमण भएको  मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको खुलासा गरेका थिए । 

स्पेयरमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन् । 

 

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् । दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको,  फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइेत भएपछि दाजुले क्षमा याचना गरेको पनि उनले लेखेका छन् ।

 

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको, कौमार्य भङ्ग भएकोलगायत प्रसङ्गमा पनि संस्मरणमा समावेश छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार