श्रीलंकाका पूर्व राष्ट्रपतिसहित ४ जनालाई क्यानडाद्वारा प्रतिबन्ध
काठमाडौँ – क्यानडाले ४ जना श्रीलंकाका राज्य अधिकारीमाथि प्रतिवन्ध लगाएको छ । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेलगायत ४ जना राज्यअधिकारीमाथि श्रीलंकामा सशस्त्र द्वन्द्वका क्रममा ‘मानवअधिकारको घोर उल्लङ्घन’ गरेको आरोपमा प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
‘सशस्त्र द्वन्द्वको समयमा मानवअधिकारको घोर उल्लङ्घनका लागि जिम्मेवार श्रीलंकाका चार राज्यका अधिकारीहरू विरुद्ध विशेष आर्थिक उपाय ऐन अन्तर्गत कार्यवाही सुरु गरेको छ, श्रीलंकामा प्रतिबन्ध लगाइएको छ,’ क्यानडाका विदेश मामिला मन्त्री, मेलानी जोलीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यामले भनेका छन् ।
क्यानडाको विशेष आर्थिक उपाय ऐन प्रतिबन्ध लगाएका व्यक्तिहरुको क्यानडामा रहेको सम्पत्ति जफत र आप्रवासन र शरणार्थीका रुपमा समेत अस्वीकार गर्ने गरी बनाइएको छ