पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार
काठमाडौँ–पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । पाकिस्तानको जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो । त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभाबाट बाहिरिँदै थिए ।
यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए ।
यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्