Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

बुधबार, पुस २७, २०७९

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई बैंक मर्ज भएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।


१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा १०० कित्ता नै सेयर हुनेछ ।


मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि इन्भेस्टमेन्टकै ज्योति प्रकाश पाण्डे छन् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेस्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।


मर्जरपछि बैंकको कूल पूँजी कोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैया पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैया, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैया र कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैया नाघेको छ ।


यस्तै शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम सङ्ख्या २७५ पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाख पुगेको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्