Nic Ad Nic Ad
Nic Ad Nic Ad

एभरेष्ट लिगमा आर्मीको लगातार दोस्रो जित

बुधबार, पुस २७, २०७९

काठमाडौँ –एभरेष्ट भलिबल क्लबले बुधबार नयाँ बजार सामाजिक युवा क्लबलाई सोझो सेटमा हराउँदै एनभीए महिला भलिबल लिगमा स्थान बनाउन सफल भएको छ । 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी सातौँ राष्ट्रिय एनभीए महिला क्लब भलिबल च्याम्पियनसिपमा बुधबार सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेष्टले नयाँ बजारमाथि ३–० को सेटमा हराएको हो । 


समूहमा अन्तिम खेलमा सान्त्वना जित निकाल्नेक्रमा एभरेष्टले नयाँ बजारलाई २५–१२, २५–१२, २५–१४ को स्कोरमा विजय हासिल गरेको हो । जितसँगै समूहमा तेस्रो भएको एभरेष्टले एनभीए महिला भलिबल लिगमा स्थान बनाउन सफल भएको छ । 


यस प्रतियोगितबाट महिलाको ६ र पुरुषको ८ टिमले एनभीए महिला भलिबल लिगमा स्थान बनाउनेछन् । यस समूहबाट यसअघि नै नेपाल पुलिस र न्यु डायमण्ड स्पोर्ट्स क्लबले यस प्रतियोगिताको सेमिफाइनल र लिगका लागि स्थान पक्का गरिसकेका छन् । तथापी नेपाल पुलिस र न्यु डायमण्डबीचको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । 


बुधबार नै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हरायो । राखेप कभर्ड हलमै सम्पन्न खेलमा त्रिभुवन आर्मीले २५–११, २५–१०, २५–१५ को को स्कोरमा सहज जित निकालेको हो । यसअघि आर्मीले कृष्ण सेकेण्डरी ऐकेडेमीलाई पनि ३–० ले हराएको थियो । 


गण्डकी यसअघि सशस्त्र प्रहरी बल (एपीएफ)सँग ३–० को सेटमै पराजित भएको थियो । लगातार दोस्रो जितसँगै त्रिभुवन आर्मी ६ अंकका साथ शीर्ष स्थानमा छ । तीन अंक जोडेको एपीएफ दोस्रो स्थानमा छ । गण्डकी भने अंकविहीन छ । 

 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्