Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

बुधबार, पुस २७, २०७९

काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त भएका छन् । उनी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत हुन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

तस्विर–गुगल फाइल

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार