पर्सामा दुई भारतीय नागरिकको निस्सासिएर मृत्यु
काठमाडौँ– दुई भारतीय नागरिकको पर्सामा निस्सासिएर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारत बिहार मोतीहारी जिल्ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्।
उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १८:१४
प्रतिक्रिया दिनुहोस्