यि हुन् खुट्टा चिसो भइरहने समस्या समाधानका घरेलु उपाए
काठमाडाैँ - जाडो मौसममा धेरैलाई खुट्टा सजिलै न्यानो नहुने समस्या हुन्छ । धेरै मानिसहरूको खुट्टा मोजा भित्र पनि न्यानो हुँदैन। वास्तवमा, जब हाम्रो हत्केला र खुट्टामा अक्सिजन र रगतको पर्याप्त आपूर्ति हुँदैन, तब चिसो हुन थाल्छन्। कहिलेकाहीँ रक्तअल्पता, रेस्टलेस लेग सिन्ड्रोम, क्रोनिक फेटिग सिन्ड्रोम, मधुमेह, स्नायुमा क्षति, हाइपोथाइराइडिज्म र हाइपोथर्मिया जस्ता समस्याले खुट्टाको तलवा चिसो हुने गर्छ। यदि तपाइँको खुट्टा जाडोमा अरु भन्दा चिसो हुन्छ भने तपाइँ केही घरेलु उपचारको मद्दतले न्यानो राख्न सक्नुहुन्छ।
हिटिङ प्याड
यदि तपाइँको खुट्टा सधै चिसो हुन्छ भने तताउनको लागि हिटिङ प्याड प्रयोग गर्न सक्नुहुन्छ। राति सुत्नुअघि खुट्टामा हिटिङ प्याड लगाउनुहोस् र बाहिर निस्कँदा मोजा र जुत्ता लगाउनुअघि हिटिंग प्याडले तलाउलाई न्यानो गर्न नबिर्सनुहोस्।
तातो पानीले धुनुहोस्
चिसो खुट्टाबाट तुरुन्त राहत पाउनको लागि, तपाइँ आफ्नो खुट्टालाई केही समयको लागि मनतातो पानीमा डुबाउन सक्नुहुन्छ। यसो गर्दा खुट्टाको रक्तसञ्चारमा सुधार हुन्छ र मांसपेशीको तनाव कम हुन्छ। तपाईं सुत्नु अघि यो गर्न सक्नुहुन्छ। खुट्टा धुँदा पानीमा नुन मिसाउनुपर्छ ।
तातो तेलको मसाज
खुट्टामा न्यानोपन फिर्ता ल्याउने एक सरल प्राकृतिक उपचारात्मक तरिका भनेको तातो तेलले खुट्टामा मालिस गर्नु हो। यसका लागि तपाईं तोरी वा जैतूनको तेल प्रयोग गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले हत्केलामा केही थोपा तेल लिनुहोस् र खुट्टामा मालिस गर्नुहोस्। यसले रक्त प्रवाह बढाउनेछ, जसले अक्सिजनको आपूर्तिलाई सुधार गर्नेछ। यसरी खुट्टा न्यानो रहन्छ।
आइरन र भिटामिन बी युक्त खानेकुराले
पनि रगतमा आइरनको कमी हुँदा खुट्टा चिसो हुन्छ । आइरन युक्त खानेकुरा सेवन गर्नुभयो भने शरीरमा हुने रगतको कमी हुँदैन । जबकि भिटामिन बि२ वा बि१२ को खपतले शरीरमा रातो रक्त कोशिकाको उत्पादनलाई राम्रोसँग सक्षम बनाउँछ। यसो गर्नाले खुट्टा चिसोको समस्या पनि निको हुन्छ । अन्तराष्ट्रिय संचार माध्यामकाे सहयाेगमा