Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ टोली लक्षित गर्दै अफनानिस्तानमा आत्मघाती बिष्फोट, ५ जनाको मृत्यु

बिहीबार, पुस २८, २०७९

काठमाडौँ – अफगानिस्तानमा आत्मघाती बम बिष्फोट हुँदा ५ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । गत राति अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको हो । 

 

घटनामा २० जना भन्दा धेरै मारिएको र ५ दर्जन घाइते भएको काबुलका प्रहरी अधिकारीहरुले बताएका छन् । अस्पतालहरुले राति अबेरसम्म घाइतेहरु ल्याउने क्रम जारी रहेको भन्दै हताहतीको संख्या यकित गर्न समय लाग्ने बताएका छन् ।

 

आत्मघाती विष्फोट गराउन गएको ब्यक्ति मन्त्रालय भित्रै प्रवेश गर्न खोजेको र नपाएपछि मन्त्रालयको गेटमा विष्फोट गराएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

 

विष्फोट भएको समयमा मन्त्रालयभित्र चिनियाँ प्रतिनिधि मण्डल रहेको थियो र दुई पक्षीय वार्ताको तयारी भईरहेको थियो ।

 

अफगानिस्तानमा सक्रिय ईस्लामिक स्टेट खोरासानले विष्फोटको जिम्मा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्