मलाइका अरोरा काठमाडौंमा
काठमाडौँ– बलिउड अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्ने फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन उनी काठमाडौँ नेपाल आएकी हुन् ।
अरोरा फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी पनि हुन् ।
मुम्बईबाट काठमाडौँ आए लगत्तै होटल याक एण्ड यतिमा उनले मिडियासँग संक्षिप्त कुरा पनि गरेकी छन् ।
यसअघि पनि नेपाल आएकी उनले बताइन् । तर यसपटकको बसाइमा नेपालबारे थप बुझ्ने इच्छा रहेको उनले बताइन् ।
बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछ भने नेपाली मोडलहरुले ¥याम्प गर्नेछन् ।
३ दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १२:२२
प्रतिक्रिया दिनुहोस्