क्यालिफोर्नियामा करिब ३ करोड मानिस बाढीको जोखिममा
काठमाडौँ–अमेरिकाको क्यालिफोर्नियालाई विगत दुई सातादेखि आएको खतरनाक आँधीले तहसनहस बनाएको छ । डिसेम्बर २६ देखि हालसम्म ६ वटा हावाहुरीमा १७ जनाको ज्यान गएको छ । ९० प्रतिशत जनसंख्या अर्थात् ३ करोड ४० लाख जनता बाढीको जोखिममा छन् ।
लगातारको हावाहुरीका कारण २ लाख २० हजारभन्दा बढी घर तथा पसलमा विद्युत् सेवा अवरुद्ध भएको छ । ३५ हजार मानिसलाई घर छाड्न निर्देशन दिइएको छ । यहाँ भारी वर्षा, पहिरो र बाढीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १२:४८
प्रतिक्रिया दिनुहोस्