सुनको मूल्य २०० ले बढ्यो
काठमाडौँ–बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार तोलामा २०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १३:१६
प्रतिक्रिया दिनुहोस्