Nic Ad Nic Ad
Nic Ad Nic Ad

निक्षेपको ब्याजदर माघदेखि घट्ने

बिहीबार, पुस २८, २०७९

काठमाडौँ–माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।


बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन् । एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । 


राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । यही सीमामा रहेर माघदेखि ब्याजदर घटाउन लागेको एसोसिएसनले जनाएको छ ।


निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।
एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैंकिङ क्षेत्रको पाँच हजार ३११ अर्बको कुल निक्षेपमा १ हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्नेछ । यसका कारण १२५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्नेछ । कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले  ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्नेछ । कुल १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ ।


मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैंकिङको आधार दर घटी औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्