Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिभिल बैंकको १२ औं साधारणसभा सम्पन्न

बिहीबार, पुस २८, २०७९

काठमाडौँ–सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर शून्य दशमलव २६% नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत गरेको छ ।


साथै सभाले आ.व. २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ । साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ति  कार्यलाई अन्तिम स्वीकृति दिएको छ ।


सिभिल बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात दुवै बैंकको एकीकृत कारोवार २०७९ माघ भित्र गरिने बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताए ।


करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हाल सम्म ९६ अर्ब रुपैयाभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्ब रुपैयाभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्