नेभिगेशन
सुरक्षा–अपराध

७ वटै प्रदेशका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

काठमाडौँ–सरकारले सातवटै प्रदेशमा प्रहरी प्रमुख परिवर्तन गरेका छन् ।


गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरे पछि ७ वटै प्रदेशका प्रमुखहरू फेरिएका हुन् । गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार १७ जना डीआइजी काज सरुवा गरेका हुन् । 


प्रदेश १ प्रहरी कार्यालय विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।


मधेश प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ । गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएका छन् । 


यस्तै, प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशका पोषराज पोख्रेलको प्रहरी महानिरीक्षक सचिवालयमा काज सरुवा भएको छ । 


डीआइजी भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुगेका छन् । डीआइजी अशोक सिंहको सुदूरपश्चिम प्रदेशमा काज सरुवा भएको छ । यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग खटाइएको छ । 


सन्दीप भण्डारीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा काज सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख दुर्गा सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुर काज सरुवा गरिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ