सन्दीप लामिछानेले काठमाडौं उपत्यका बाहिर जाँदा प्रशासनको अनुमति लिनुपर्ने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं उपत्यका बाहिर जान प्रशासनको अनुमति लिनु्पर्ने भएको छ । लामिछानेलाई बिहीबार साँझ उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएसँगै उनी काठमाडौं छाड्दा प्रशासनको अनुमति लिनुपर्ने छ ।
उनी भोलि शुक्रबारमात्र थुनामुक्त हुनेछन् । थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भनिएको छ ।
लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने भनिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले यो आदेश दिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ २०:०९
प्रतिक्रिया दिनुहोस्