यस्तो छ अन्य देशकाे विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ८७ पैसा र विक्रीदर ३० रूपैयाँ ०० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६६ पैसा र बिक्री दर ३४ रूपैयाँ ८२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ ०६:११
प्रतिक्रिया दिनुहोस्