प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट
काठमाडौँ– इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता आज सुरु हुँदै छ ।
नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबारबाट हुने प्रतियोगितामा आज पहिलो दिन प्रदेश १ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
आजै हुने दोस्रो खेलमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । प्रतियोगिता ७ माघसम्म चल्नेछ। प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लब गरी ८ टिम सहभागी छन्।
सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपिएफ, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेश छन्। प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस प्रदेश समूह ‘बी’मा छन् ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिनेछ। प्लेयर अफ द म्याचले नगद ३ हजार पाउनेछन्।