Nic Ad Nic Ad
Nic Ad Nic Ad

जेलमुक्त हुने प्रक्रियामा सन्दीप (भिडियो)

शुक्रबार, पुस २९, २०७९

काठमाडौँ– नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ ।  २० लाख रुपैयाँ धरौटी लिएर लामिछानेलाई सशर्तसहित छाड्न बिहीबार उच्च अदालत पाटनले आदेश दिएको थियो ।

लामिछानेका कानुन व्यवसायीका अनुसार उच्चले थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा पुगिसकेको छ । अब जिल्ला अदालतले थुनामुक्त गर्न कारागारलाई पत्र लेख्ने छ । अदालतमा तारेख बुझ्नेलगायत काम सकेपछि सन्दीपलाई फेरि कारागार लगिने छ । कारागारमा अदालतको पत्र पुगेपछि प्रक्रिया पूरा गरेर अपरान्ह ४ बजेसम्ममा थुनामुक्त हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्