मिडियाकर्मीसँग बिवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’
नयाँदिल्ली । बिवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बिवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भयो ।
उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो । निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बिवाइडी ब्लेड ब्याट्री निकै सुरक्षित बनेको थियो ।
मिडियालाई देखाइएको परिक्षणमा एनसी एम ब्याट्री र बिवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षित डोम भित्र परिएको टेष्टमा एनसीएमब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यहँी प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने केही भएन ।
बिवाइडी इन्डियाका नेशनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेश यूनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरुलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए । उनले भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जको लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन् ।’
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जबकी अन्य एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो । तापक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा भएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।
निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यहीकारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पूर्याउनु हो, त्यहीकारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दाबी छ । बिवाइडीले हानमोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्जदिने एनइडीसीले प्रमाणित गरेको छ ।