Nic Ad Nic Ad
Nic Ad Nic Ad

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

शुक्रबार, पुस २९, २०७९

काठमाडौँ– नेकपा एमाले त्यागेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रम गरेर भुसालले एकीकृत समाजवादीमा आवद्ध भएको घोषणा गरे ।


उनले ओलीावाद, ओली विचाराधारात्मक संघर्षपछि आफुले नेकपा एसमा सदस्यता नविकरण गरेको बताए । उनले ओलीवाद हाबी भएका कारण कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा परेको बताए ।

 

‘ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । राज्य र पार्टी सबै मेरा चाकर हुन् भन्ने सिद्धान्त राख्ने । आफूलाई विचार ठान्ने । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।’ भुसालले भने ।

 

नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले पार्टी बनाएर मात्र नपुग्ने भन्दै कम्युनिष्ट आन्दोलनलाइ अगाडी बढाउन भएका विकृतिलाई सुधार गर्ने अठोट लिनुपर्ने बताए ।

 

‘‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्