Nic Ad Nic Ad
Nic Ad Nic Ad

बोर्डको अध्यक्ष भएपछि मद्धा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुलाई विभिन्न मुद्धा हालेर काम गर्न नदिइएको गुनासो गरेका छन् । बोर्डको अध्यक्ष भएर आएको ५/६ महिना मात्रै भएको भन्दै उनले मुद्धा हालेर काममा बाँझो हाल्न खोजेको बताए । 


शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।

 

उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए । उनले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट ब्यहोर्नुपरेको बताए । उनले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए ।

 

उनले कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए ।

 

उनले भने, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ । कुनैबेला स्टुडियो हुँदैन, प्रहरीको भ्यान चाहिन्छ, त्यो स्वीकृति लिँदालिँदै सात दिन लाग्छ । सुटिङ अहिले ड्रोन नभइ हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा ४ ठाउँ पुग्नुपर्छ । यो समस्या छ । साथै सबैभन्दा ठूलो समस्या नेपाली निर्माताहरुलाई एउटा निर्माताले घरखेत बेचेर सुटिङ गरिरहेको हुन्छ, क्यामेरा ल्याएर खिचेर त्यो युट्युबमा हालिदिन्छ । सुटिङको दृश्य आउट । हल भित्र गएर सिनेमा हेर्छ, सिनहरु हाल्दिहाल्छ । यसले हामीलाई ठूलो मर्का परेको छ । यदि कुनैपनि व्यक्तिले यस्तो क्रियाकलाप गर्छ भने त्यसलाई कडा भन्दा कडा सजाय मात्रै होइन, जरिवाना र क्षति पनि तिराउनुपर्छ भनेर माग राखेका छौँ ।’ 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्