यस्तो छ– आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ।
युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ४३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९४ पैसा र विक्रीदर ३० रूपैयाँ ०८ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५७ पैसा र बिक्री दर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
यस्तो छ अन्य देशको विनिमय दर
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ ०७:२१
प्रतिक्रिया दिनुहोस्