Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानविरुद्ध एकदिवसीय शृङ्खला न्युजिल्यान्डलाई

शनिबार, पुस ३०, २०७९

काठमाडौँ –पाकिस्तानसँगको ३ खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।


कराँचीमा शुक्रबार राति टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २८० रन बनाएको थियो । उसका ओपनर फकर जमानले शतकीय पारी खेले । त्यस्तै मोहम्मद रिजवानले ७७ रन बनाए । 


२८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाएर भेट्टायो । उसका ग्लेन फिलिप्स, केन विलिम्सन र डेभन कन्भेले अर्धशतक बनाए । फिलिप्सले नटआउट सर्वाधिक ६३ रन बनाए । 


पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्