पत्याउनु हुन्छ ? भुतले पानी माग्छ र पिउँछ
काठमाडौँ – भुतले पानी मागेर खान्छ भन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर, कुरा साँचो हो । यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कुरा हो भारतको गाटा लुप्सको । जहा साना र घुमाउरो बाटोको कारण गाटा लुप्स चर्चित छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गाटा लुप्समा सडक बनाउने बेलामा चालक पानी पिउन नपाएर मरेका थिए।
बाटोमा हिँड्ने कसैले पनि ती चालकलाई पानी दिएनन् । त्यसपछि उनको मृत्यु भयो । मृत्यु भएपछि भुतले बाटोमा हिड्ने सबैलाई पानी माग्न थाल्यो ।
अहिले त्यहाँ ती युवकको मन्दिर बनाइएको छ । त्यहाँ जाने जो कोहीले पानी चडाएर जान्छन् । आफ्नो नाम लेखेर पानीको बोतल छोडेपछि पछिल्लो दिन पानी कम भइरहेको पाइन्छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक युवकले गाटा लुप्सको बारेमा जानकारी दिइरहेका छन् । गाटा लुप्समा पानी नहुँदा चालकको मृत्यु भएको युवक बताउँछन् । भिडियोमा ती युवकले बाटोमा आएका मानिसले सहयोग नगरेको बताएका छन् । भिडियोमा सुन्न सकिन्छ कि युवकले आफुलाई नजिकबाट गुज्रिरहेका मानिसहरुले देखेको बताएका छन् ।
यही कारणले यहाँ मृत चालकको मन्दिर बनाइएको हो । त्यसयता यो बाटो भएर जाने जो कोहीले पानीको बोतल दिएर जाने जनविश्वास छ । यो परम्परा धेरै वर्षदेखि चलिआएको छ । त्यही क्रममा पानीको बोतलमा नाम लेखेपछि भोलिपल्ट पानी कम हुने युवक बताउँछन् ।