Nic Ad Nic Ad
Nic Ad Nic Ad

जीवित भेटिने सम्भावना न्यून

आइतबार, माघ १, २०७९

काठमाडौं– पोखरामा दुर्घटना भएकोे यती एयरलाइन्सको जहाजमा जीवित भेटिने सम्भाजन न्यून रहेको छ । विमान दुर्घटनामा खटिएका उद्धारकर्मीहरूका अनुसार विमान ३ टुक्रा भएको पाइएको छ ।


कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पनि घटनास्थलमा जहाज ३ टुक्रा भएको देखिएको जनाए । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन । उद्धारकर्मीहरूले पनि दुर्घटनाको प्रकृति हेर्दा कसैको जीवित भेटिने सम्भावना नरहेको बताएका छन् ।


आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९–एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।


यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।


विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । 
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्