Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ जनाको जीवितै उद्धार

आइतबार, माघ १, २०७९

काठमाडौं -पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजबाट ३ जनाको जीवितै उद्धार गरिएको छ ।


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ३ जनाको जीवितै उद्धार गरिएको पुष्टि गरे । ‘उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न,’ ढकालले भने ।


जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको पनि उनले बताए । हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ ।
आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।


दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा खसेको हो । एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो । 


यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।


विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । 
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्