Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान सेती खोंचसम्म सम्पर्कमै थियो : यती एयरलाइन्स (विज्ञप्तिसहित)

आइतबार, माघ १, २०७९

काठमाडौँ– यती एयरलाइन्सले पोखरामा भएको दुर्घटनाग्रस्त विमान सेती खोंचसम्म टावरको सम्पर्कमा आएको जनाएको छ ।


दुर्घटनाग्रस्त विमानको जानकारी दिन यती एयरले जारी गरेको विज्ञप्तिमा बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको यती एअरलाइन्सको नाइन एन–एएनसी, एटीआर–७२५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताएको छ । 


विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।

 

एयरलाइन्सका अनुसार विमानमा ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेको पनि एयरलाइन्सले जनाएको छ ।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको एयरलाइन्सले जनाएको छ । 



प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्