अहिलेसम्म २९ जनाको मृत्यु
काठमाडौँ–पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० महिला १८ पुरुष र एक शिशु छन् । विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए ।
दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १५:१७
प्रतिक्रिया दिनुहोस्