Nic Ad Nic Ad
Nic Ad Nic Ad

६५ जनाको शव भेटियो

आइतबार, माघ १, २०७९

काठमाडौँ–पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ६५ जनाको शव भेटिएको छ ।


नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार अहिलेसम्म ६५ जनाको शव प्राप्त भएको हो । जहाजमा रहेका ७२ जनामध्ये अहिलेसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अब जीवितै उद्धारको सम्भावना नरहेको बताए ।


चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा दुर्घटना भएको हो ।
बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।


जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।


जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।


दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले  अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्