Nic Ad Nic Ad
Nic Ad Nic Ad

माघे संक्रान्ति: विशेष परिकार र सामाजिक सद्भावको पर्व

आइतबार, माघ १, २०७९

काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । यसलाई तिलुवा संक्रान्ति, मकर संक्रान्ति र माघीकारूपमा पनि मनाउने चलन छ ।  नेपाली समाजमा यो चाडको आफ्नै महत्व छ ।

 

कैलाली टिकापुरकी इन्दु चौधरीलाई माघे संक्रान्ति विशेष लाग्छ । उनका लागि माघे संक्रान्ति मनाउनुको विशेष अर्थसमेत छ । ‘हाम्रो समुदायमा माघे संक्रान्तिसँगै नयाँ बर्ष पनि सुरु हुने र त्यसअवसरमा कता जाने ? के गर्ने लगायतका विषयमा छलफल गर्छौं’, चौधरीले भनिन् ।

 

नेपालमा सबैजसो समुदायमा माघे संक्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र परिवेशमा मनाउने गरिएको पाइन्छ  ।

 

माघे संक्रान्तिले फरक प्रकृतिका खानपान र जीवनशैलीको पनि प्रवद्र्धनमा सघाउ पु¥याउने गरेको छ । माघे संक्रान्तिका दिन खाइने कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी जस्ता परिकार जाडोयाममा उपयोगी हुने विष्णु मगर बताउँछिन् । 

 

यस्ता खानेकुरा माघे संक्रान्तिका बेला मात्रै नभको बेला जाडो यामभर खानुपर्ने उनको भनाई छ ।

 

उनलाई माघे संक्रान्तिको मनपर्ने अर्को विशेषता चाहिँ एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खानु पनि हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पु¥याउने चलन छ । मगर भन्छिन्, ‘अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । माघे संक्रान्तिमा एकआपसमा बाँडिचुँडी खाने कुराले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।’

 

माघे संक्रान्तिमा खान पाइने खानपानले पनि रोमाञ्चित बनाउँछ इन्दु चौधरीलाई । माघे संक्रान्तिका दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडीलगायतको परिकार खान पाइने हुनाले यो चाड विशेष लाग्ने चौधरी बताउँछिन् । थारु समुदायमा माघे संक्रान्तिको विशेष परिकारकोरुपमा घुँगी पनि तयार हुन्छ ।

 

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिकरुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि उपयोगी मानिन्छ । 

 

माघीको अवसरमार खाइने घिउ, चाकु, तिलको लड्डुले शरीरलाई न्यानो राख्न सहयोग गर्ने चौधरी बताउँछिन् ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्