यस्तो छ आजको राशिफल
आज २०७९ साल माघ २ गते साेमबार । सन् २०२३ जनवरी १६ । नेपाल संवत् ११४३ । माघ कृष्ण पक्षकाे नवमी तिथी । चन्द्रमा तुला राशीमा । सूर्योदय ६:५६ । सूर्यास्त ५:३१ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ। गलत चिन्तन र विचारले स्वयं आलोचित भइनेछ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् र कर्मयोगले भविष्यको बाटो समाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। खर्चिलो कामका लागि नगद जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। समय लागे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन्। स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम लिनुपर्नेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ला। समस्या देखाउँदा सहयोग जुट्नेछ। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ।