Nic Ad Nic Ad
Nic Ad Nic Ad

धेरै चिया पिउनेहरू सावधान ! यी हुन् चिया पिउनुको बेफाइदा

सोमबार, माघ २, २०७९

काठमाडाैँ –  आजभोलि चिसोको मौसम छ । हामी चिसो छल्न जति बेला पनि चिया पिइरहेका हुन्छौँ । प्राय हाम्रो दिनचर्या नै चियाको चुस्कीबाट नै सुरु हुन्छ । 

हरेकले दिनमा ३/४ कप चिया पिएकै हुन्छन् । अझ चियाका पारखीहरूले त दिनमा १० कप बढी नै चिया पिएको पाइन्छ । उनीहरू १० कप चिया पुर्‍याएको गर्वका साथ सुनाउँछन् । 

तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्दछ । अझ दूध चिया अन्य चियाको तुलनामा हानिकारक मानिन्छ । 

 

यी हुन् धेरै चिया पिउँदा हुने बेफाइदा:


– दैनिक ३ कप भन्दा बढी चिया पिउनेहरूमा एसिडिटीको समस्या उच्च हुन्छ ।

– धेरै चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।

– धेरै चिया पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।

– धेरै चिया पिउनेहरूमा अनिन्द्राको समस्या देखा पर्न सक्छ । 

– भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखा पर्छ ।

– धेरै चिया पिउँदा भोक कम जाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।

– धेरै चिया पिउने मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

– तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्न सक्छ ।

– चियालाई तात्तातो पिउनु हुँदैन, कहिबेर सेलाएर मात्र पिउनु पर्छ ।

– धेरै चिया पती हालेर चिया खानु हुँदैन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

– चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न गाह्राे  हुन्छ ।

– रङ्ग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने सम्भावना उच्च रहन्छ ।

– चिया पिउँदा शरीर तातो हुन्छ भन्ने ठान्नु हुन्छ चियाले शरीरलाई तातो पार्दैन ।

– एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुँदैन ।

– चिया पकाउँदा चिया पत्तिलाई धेरै बेर उमाल्नु हुँदैन यसले शरीरमा असर पार्दछ ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्