Nic Ad Nic Ad
Nic Ad Nic Ad

अझै भेटिएनन् ४ जना

३६ जनाको मात्रै सनाखत, पाइलट कमल केसी र एयरहोस्टेज सिर्जना हुङचुङको शव पहिचान
सोमबार, माघ २, २०७९


पोखरा–पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ । ती मध्ये ३६ जनाको मात्र सनाखत भएको छ । अझै ४ जना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ ।


अस्पतालका चिकित्सक डा. खेम अधिकारीले ३६ जनाको शव सनाखत भएको जानकारी दिएका छन् । सनाखत हुनेमा जहाज कमाण्ड गरेका पाइलट कमल केसीको शव पहिचान भएको छ । त्यस्तै एयरहोस्टेज सिर्जना हुङचुङको पनि शव पहिचान भएको छ ।  


जहाजमा ६८ जना यात्रु र चालकदलका अन्य ४ सहित ७२ जना सवार थिए । कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार जहाजका ४ जना यात्रु अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।


पोखराका ३ जना र काठमाडौंबाट २ जना गरि ५ जनाको पोष्टमार्टम टिम गठन गरिएको छ । उद्धार र खोजीमा जुटेको टोलीले डोरीको सहायताले झुन्डिएर खोँचसम्म पुगेर खोजी गरिरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्