Nic Ad Nic Ad
Nic Ad Nic Ad

मर्चेण्ट बैंकिङ्ग सेवाको ३० वर्ष पूरा

सोमबार, माघ २, २०७९

काठमाडौँ–मर्चेण्ट बैंकिङ्ग सेवाको ३० वर्षे कार्यकाल पूरा गरेको छ । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान १ माघ  २०४९का दिन एनआईडीसी क्यापिटल मार्केट्सको नामबाट सञ्चालनमा आएकोमा २०६७ सालमा एनआईडीसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रूपमा एनसीएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता भएर मर्चेण्ट बैंकिङ्ग कारोबारलाई निरन्तरता दिँदै आइरहेको छ ।


सनराईज बैंंकले २८ माघ २०७३ मा प्राप्ति गरे पश्चात् यो कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रूपमा सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ ।


मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा १ माघदेखि बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ ।
जसमा निःशुल्क डिम्याट खाता ३० दिनका लागि दिइएको छ । यस्तै मेरो शेयर खाता ३० दिनका लागि निःशुल्क, लगानी व्यवस्थापन सेवाको इन्ट्रि लोड शुल्कमा ३ वर्षका लागि ३० प्रतिशत छुट र ३० लाख र त्यस माथिको लगानी व्यवस्थापनका लागि इन्ट्रि लोड ३० दिनका लागि निःशुल्क गरिएको छ ।


यस्तै, कसटोडियल सर्भिसको प्रशासनिक शुल्कमा पनि ३० दिनका लागि ३० प्रतिशत छुट रहेको छ भने पहिलो ३० जना ग्राहकलाई निःशुल्क कसटोडियल सर्भिस दिइने छ । यसैगरी संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट दिइएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार